१ कार्तिक २०८३, शनिबार

प्रचण्डसँग बाबुराम रिसाउँदा…!

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Baburamकाठमाडौं, १९ असार । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वरिष्ठ नेता बाबुराम भट्टराई रिसाएका छन् ।

आफूलाई अधिकारविहिन बनाएर पार्टीमा अध्यक्षले एकलौटी गर्न खोजेको कारण देखाएर भट्टराई प्रचण्डसँग रिसाएको एमाओवादी स्रोतले बतायो । जसको असर पार्टीमा पनि देखिएको छ ।

बाबुराम प्रचण्डसँग रिसाएपछि पार्टीका कार्यक्रम पनि दुबै पक्षका कार्यकर्ताले फरक फरक स्थानमा गर्न थालेका छन् । विवादकै कारण शनिवार प्रचण्ड र भट्टराई पक्षले काठमाडौं जिल्ला समितिको छुट्टा छुट्टै भेला गरेका छन् ।

भट्टराई पक्षले शनिबार बाबुरामसहितका नेतालाई बोलाएर छुट्टै प्रशिक्षण कार्यक्रम गरेका छन् । दुई साताअघि राजधानीमै भएको प्रशिक्षणमा बाबुराम पक्षका केन्द्रीय नेताहरु नै छुटेका थिए ।

जसका कारण भट्टराई पक्षले आज छुट्टै भेला आयोजना गरी बाबुरामले प्रशिक्षण दिएको एमाओवादीका युवा नेता नेता देवेन्द्र पौडेलले बताए । उनका अनुसार प्रचण्ड पक्षले हिमाल शर्मा र भट्टराई पक्षले महेन्द्र श्रेष्ठको नेतृत्वमा काठमाडौंमा प्रशिक्षण दिएर अलग अलग समिति बनाएका छन् ।

काठमाडौंमा प्रचण्डसँग बाबुराम रिसाएपछि कार्यकर्ता पनि बाँडिन थालेका हुन् । जसले पार्टी अझै कमजोर भएर फुट्न सक्ने विश्लेषकहरु बताउँछन् ।