११ असार २०८३, बिहिबार

उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, गृहमन्त्री लेखकले दिए सबैलाई धन्यवाद

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । गृहमन्त्री रमेश लेखकले आइतबार सम्पन्न उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

गृहमन्त्री लेखकले आइतबार स्थानीय तहका विभिन्न स्थानमा ४१ पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका हुन् ।

उनले भने, ‘३३ जिल्लामा ४१ पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहभागी सबै मतदाता, निर्वाचन आयोग, राजनीतिक दल, निर्वाचनमा संलग्न सुरक्षाकर्मी, निजामति कर्मचारी, सञ्चार माध्यम र सबै दिदिबहिनी दाजुभाईमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

मन्त्री लेखकले यसअघि निर्वाचन हुने जिल्लाका सुरक्षा अधिकारीहरुलाई उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न निर्देशन दिएका थिए ।