
रौतहट, १७ मंसिर । रौतहटको ईशनाथ नगरपालिका वडा–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् ।
खलिक ६२७ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार शेख अनवरले पाँच सय ७५ मत प्राप्त गरे ।
यसैगरी, नेकपा (एकिकृत समाजवादी)का सदरे आलमले ४५२, जनमत पार्टीका शेख जमिरुल हकले १३५, माओवादी केन्द्रका शेख अमिरुलले २४ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४ मत प्राप्त गरे । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शेख असराजले ६ मत पाए ।












प्रतिक्रिया