– अनिल खत्री
गुल्मी १९ असार । गुल्मीको पल्लीकोटमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
शुक्रवार बेलुकी पल्लिकोट ३ ठूलापोखरा निवासी खिम बहादुर सन्यासीले आफ्नी ४५ वर्षकी श्रीमती भीमकुमारी सन्यासीलाई बाँसको भाटाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राम प्रसाद पौडेलले जानकारी दिए ।
परिवारमा सामान्य झगडापछी मदिरा सेवन गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेका श्रीमानलाई प्रहरीले नियन्त्रण लिएको बताइएको छ ।















प्रतिक्रिया