१ कार्तिक २०८३, आइतबार

मुलुकलाई कहाँ लैजाने भन्ने मार्गचित्र एमालेसँग मात्र छ : ईश्वर पोखरेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुल्लु, १३ मंसिर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विकासका कामलाई अघि बढाउन एमालेलाई विजयी गराउनुपर्ने बताएका छन् । आज दैलेखको दुल्लु नगरपालिका–१३ मा सम्पन्न एमालेको चुनावी जनसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यसअघि दुल्लु नगरपालिका–१३ मा निर्वाचित भएका विर्ख बहादुर शाहीले अघि सारेका जनप्रिय योजनालाई पूर्णता दिन एमालेको सूर्य चिन्हमा आम जनताले मतदान गर्नुपर्ने बताएका हुन् ।

शाहीले लिएका विचारलाई निरन्तरता दिँदै यहाँको विकासलाई अघि बढाउन एमालेलाई विजयी गराउनुपर्ने पोखरेलको भनाइ छ । उनले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति लक्षित गर्दै निर्वाचनमा नक्कली कुरा गर्ने मानिसहरू आउन सक्ने भएकाले पार्टीको इतिहास जोगाउन एमालेका उम्मेदवारले निर्वाचन जित्नुपर्ने स्पष्ट पारे ।

एमालेले विगतका अफ्ठेराहरूलाई सामना गर्दै परिवर्तनको अभियानको नेतृत्वदायी भूमिका खेल्दै आएको उनले बताए । एमालेको इतिहासलाई कसैले मेट्न नसक्ने बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘एमाले विगतका अफ्ठेराहरूलाई सामना गर्दै मुलुकको परिवर्तनमा नेतृत्वदायी भूमिका खेल्दै आएको पार्टी हो । भोली यो मुलुकलाई कहाँ लैजाने भन्ने मार्ग चित्र एमालेसँग मात्र छ । मुलुकको लागि गर्नुपर्ने कामको किटान गरेर एमाले अघि बढेको छ,’।

उनले हिजोदेखि जनताले विश्वास गरेर आफ्नो विरासत जोगाउँदै यहाँको विकासका लागि एमालेले काम गर्दै आएको बताए । यसअघिका निर्वाचनमा एमाले एक्लै एकातिर हुँदा पनि जित हासिल गरेको पार्टी रहेको स्मरण गर्दै हिजोको स्थिति भत्किसकेकाले एमाले अझै मजबुत हुँदै गएको धारणा राखे । उनले दुल्लु–१३ रहेको कृषि क्याम्पसलाई बाहिर लैजाने तानाबाना बुनिँदै गरेको भन्दै यहाँको कृषि क्याम्पस अनेत्र जान नदिने विश्वास दिलाए । समग्र दुल्लुको विकासका लागि एमालेले गरेका कामको स्मरण गर्दै यहाँका जनताको स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका कुरामा अग्रसर हुनुपर्नेमा वरिष्ठ उपाध्यक्ष पोखरेलले जोड दिए ।

एमाले मुलुकको समृद्धि र विकासमा अघि बढेको जनाउँदै उनले मुलुकमा सुशासन कायम गर्न एमालेका आम नेता कार्यकर्ता अघि बढ्नु पर्ने बताए । ‘एमाले जनताको हितसँगै मुलुकको विकास चाहन्छ । हामी सुशासन कायम गर्न अघि बढेका छौ । सुशासनको पक्षमा नलाग्ने एमाले हुन सक्दैन,’ उपाध्यक्ष पोखरेलले भने ।

जनताको हितका लागि स्थानी तहको उपनिर्वाचन एमालेका उम्मेदवारले जित्नुपर्ने उपाध्यक्ष पोखरेलले बताए । उनले नक्कली कुराहरूलाई परास्त गर्दै जनताको न्याय र मुलुकलाई अघि बढाउन एमाले पंति एक भएर जानुपर्ने धारण राखे । उनले राष्ट्रिय राजनीतिमा समेत एमालेका विरुद्ध गलत प्रचार हुने गरेको भन्दै एमाले कसैले गर्ने ‘कु’ प्रचारबाट नडराई अघि बढ्ने पार्टी रहेको स्पष्ट पारे ।

मुलुकको हितसँग लोकतन्त्रलाई शुद्धीकरण गर्दै जनताको पक्षमा काम गर्नका लागि एमाले सबै तहका निर्वाचनमा निर्वाचित हुनुपर्नेमा उनले जोड दिए । ‘हिजो एमालेलाई भित्तामा टँसाउने कुरा आएकै हुन् । हामी कसैसँग नडराई अघि बढेको इतिहास छ । एमाले डग्ने वाला छैन । एमालेलाई कसैले हल्लाउन सक्दैनन् । सबै मिलेर भित्तामा टँसाउने, टर्च बालेर खोज्नुपर्ने भन्दै थिए । सबैलाई जवाफ दिँदै एमाले मुलुकको सर्वाधिक लोकप्रिय मत प्राप्त गर्ने पार्टी बनेको हो,’ उपाध्यक्ष पोखरेलले भने