एजेन्सी । अस्ट्रेलियाकी चर्चित मोडल मिरान्डा केरलाई एउटा चुम्बन यतिबेला निकै महंगो परेको छ ।
अस्ट्रेलियाका अर्बपति इवान स्पिगेललाई एउटा रेस्टुरेन्टमा खुल्लेआम चुम्बन गरेपछि केर विवादमा आएकी हुन् । उनका विषयमा अनेक टिकाटिप्पणी र आलोचना समेत भइरहेका छन् । रेस्टुरेन्टमा उनीहरुको रमाइलोलाई कतिपयले प्रेम सम्बन्धमा परेको भनी टिप्पणी गरेका छन् । सुन्दरताकै कारण हलिउडमा समेत चर्चित बनेकी केर चुम्बन प्रकरणपछि निकै विवादमा तानिएकी छन् । यो चुम्बन उनका लागि निकै महंगो साबित भएको छ ।
इवानलाई केही समयअघि मात्रै फोब्स म्यागेजिनले संसारको सबैभन्दा कान्छो अर्बपति घोषणा गरेको थियो । इवान लोकप्रिय मोबाइलको एप्सको मालिक हुन् । उनको एप्सबाट मोबाइल प्रयोगकर्ता म्यासेज पठाउने, भिडियो एकअर्काको साथ पुर्याउन सक्छन्।
















प्रतिक्रिया