४ कार्तिक २०८३, बुधबार

मध्यरातमा भारत गुहार्न जाने मधेशी नेताहरू को को हुन् ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amresh-Kumarकाठमाडौं, १९ असार । प्रमुख चार राजनीतिक दलले १६ बुँदे सहमति गरी संविधान निर्माण प्रक्रियालाई अघि बढाएपछि त्यसको विरोधमा रहेका मधेस केन्द्रीय दलहरु भारतीय दूतावास गुहार्न पुगेका छन् ।

शुक्रबार राति तमलोपा, सद्भावना, संघीय सद्भावना, संघीय समाजवादी फोरमका शीर्ष नेताहरु लैनचौरस्थित भारतीय दूतावास पुगी आफ्नो गुनासा राखेको समाचार राजधानी दैनिकले छापेको छ ।

चार दललाई सम्झाइदिन आग्रहसहितट भारतीय दूतावास पुग्नेमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी, सद्भावना अध्यक्ष राजेन्द्र महतो, उपाध्यक्ष लक्ष्मणलाल कर्ण संघीय सद्भावनाका अनिल झा, संघीय समाजवादी फोरमका सचिव रत्नेश्वरलाल कायस्थ, कांग्रेस सभासद् अमरेशकुमार सिंह, पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ता, नेकपा माओवादीका मातृका यादव रहेका छन् ।

उनीहरुले एक घन्टासम्म कांग्रेस एमाले, एमाओवादी र लोकतान्त्रिक फोरमले सर्वोच्च अदालतको अपहेलना गर्दै संविधान निर्माण प्रक्रियामा अघि बढाएको भन्दै सो प्रक्रिया रोक्न पहिल गरिदिन राजदूत रणजित रायलाई आग्रह गरेका थिए ।