बिष्णु पौडेल
डेनमार्क । नेपाल प्रोमोसन इभिनिड भन्ने मुख्य नारा सहित आगामी जुन ७ र ८ गते स्पेनमा हुन गइरहेको गैरआवासीय नेपाली संघको सातौं युरोपियन क्षेत्रिय बैठकको तयारी अन्तिम चरणमा पुगेको छ ।
बिषेशगरि नेपालको पर्यटन क्षेत्रमा टेवा पुराउने उद्देश्यले सो बैठकमा बृहत छलफल गर्न लागिएको हो । बैठकमा नेपाल लगायत युरोपका पर्यटन क्षेत्रसँग सम्बन्धित बिज्ञहरुको सहभागिता रहने छ ।
पर्यटन व्यवसायलाई प्रर्बधन गर्नको लागि बैठकमा सहभागी बिभिन्न २७ मुलुकका प्रतिनिधिहरु वीच छलफल गरि स्पेन घोषणा पत्र जारी गर्ने तयारी भएको आयोजकले जानकारी दिएका छन् ।
स्पेनको बार्सिलोनामा हुन गइरहेको सो बैठक गैरआवासीय नेपालीहरु वीचको एकता, सुरक्षित बैदेशिक लगानीको सम्भावना, नेपालको कला सस्कृतिको युरोपमा प्रर्बधन, बिदेशमा रहेका नेपालीहरुको रोगजारीको अबस्था, नेपालीहरुले बिदेशमा भोग्दै आएको समस्या र समधानको बिषयमा पनि छलफल गरि निचोडमा पुगिने ंगैर आवासीय नेपाली संघ युरोप क्षेत्रका उपसंयोजक सोम सापकोटाले बताए ।
गैरआवासीय नेपाली संघको सातौ युरोपियन क्षेत्रिय बैठक तथा पाँचौ महिला सम्मेलनकोे चहलपहल स्पेनको बार्सिलोनामा बढ्दै गएको छ । बैठक तथा सम्मेलनको आयोजक गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति स्पेन रहेको छ ।














प्रतिक्रिया