२६ असार २०८३, शुक्रबार

दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आज दोस्रो पटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो ।

न्यायाधीश कमला पौडेलको इजलासले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले उनीमाथि ५ वटा कसुरमा अनुसन्धान गरिरहेको छ ।