३० आश्विन २०८३, शुक्रबार

सिनामंगलको होटलमा मृत फेला परेका दुई जना श्रीमान–श्रीमती भएको खुलासा

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । काठमाडौंको सिनामंगलस्थित जन्मभूमि होटलमा मृत फेला परेका दुईजना श्रीमान-श्रीमती भएको खुलेको छ ।

मृत फेला पर्नेमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी रहेका खुलेको हो । उनीहरू २ वर्षपछि शुक्रबार मात्रै क्यानडाबाट नेपाल फर्किएका थिए ।

उनीहरू होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका थिए ।

उनीहरूले पारिवारिक कारणले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।