७ कार्तिक २०८३, शनिबार

पैसा तिर्न नसकेपछि अपहरण !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १८ असार । जिल्ला प्रहरी कार्यालय रौतहटले आज अपहरणमा परेको नाटक गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

स्थानीय सखुअवा धमौरा गाविस–७ हर्षाहा टोल बस्ने ४४ वर्षीय छविलाल राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत असार १५ गते बिहानदेखि आफू अपहरणमा परेको नाटक गरी घरपरिवारका सदस्यहरुसँग समेत सम्पर्कविहीन भई बेपता रहेको अवस्थामा प्रहरीले कुर्मीलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई चन्द्रपुर नगरपालिकाको सुकुम्बासी बस्तीबाट नियन्त्रणमा लिएको हो ।

स्थानीय जेठरहिया गाविस घर भई शुकदेव चोकमा पटेल हार्डवेयर पसल सञ्चालन गरी बसेका वीरेन्द्र राउत पटेलको पसलबाट लगेको सिमेन्ट र छडसमेतको बाँकी रकम तिर्नुपर्नेमा रकम नदिने नियत राखी आफू अपहरणमा परेको नाटक गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक सानुबाबु थपलियाले बताउनुभयो ।

पक्राउ परेका कुर्मीलाई प्रहरी हिरासतमा राखी केही सार्वजनिक अपराध र सजाय ऐन, २०२७ अन्तर्गत कानुनी कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस