काठमाडौं, १८ असार । फेसबुकले विश्वभरका आफन्तसँग कुराकानी मात्र गराउने छैन । अब पैसा पनि दिने भएको छ । तर, त्यसको लागि तपाईले फेसबुकमा आफ्नो मौलिकता झल्कने भिडियो अपलोड गर्नुपर्नेछ ।
फेसबुकका सिइओ मार्क जुकरबर्गले फेसबुक प्रयोगकर्ताका लागि यस्तो फिचर ल्याएको बीबीसीमा उल्लेख छ । नयाँ सजेस्टेड भिडियो फिचरबाट यो सम्भव हुने भएको हो । फेसबुकमा राखेको भिडियो जति धेरै मानिसले हेर्यो त्यति धेरै रकम फेसबुकले उपलब्ध गराउने जनाईएको छ ।
भिडियोमा भएका विज्ञापनहरुबाट हुने कमाईको ४५ प्रतिशत हिस्सा भने फेसबुकको हुने उल्लेख छ । फेसबुकका अनुसार मानिसहरुले फेसबुकमा दैनिक ४ अर्ब पटक भिडियो हेर्छन् ।
यूट्यूबको तुलनामा फेसबुकमा भिडियो खोज्न थोरै मुस्किल हुने भएकाले भिडियो बनाउनेका लागि अप्ठ्यारो हुनसक्छ । एजेन्सी
















प्रतिक्रिया