३० आश्विन २०८३, शुक्रबार

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा मुरारका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-murarkaकाठमाडौँ, १८ असार । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष पदमा पशुपति मुरारका निर्वाचित हुनुभएको छ ।

महासङ्घको आज यहाँ सम्पन्न विशेष साधारण सभाले कार्यवाहक अध्यक्ष मुरारकालाई सर्वसम्मत रुपमा औपचारिक रुपमा अध्यक्ष चयन गरेको हो । अध्यक्ष पदका लागि प्रत्यासी भास्करराज राजकर्णिकार र भवानी राणाले उम्मेदवारी फिर्ता लिएपछि कामु अध्यक्ष मुरारकालाई अध्यक्ष बन्न बाटो खुला भएको थियो ।

सर्वसम्मत रुपमा निर्वाचित भएपछि अध्यक्ष मुरारकाले अगामी दिनमा महासङ्घलाई एकतावद्ध बनाउँदै व्यवसायीका हक हितमा काम गर्ने बताउनुभयो । उहाँले महासङ्घलाई अव २१ महिना नेतृत्व दिनुहुनेछ । पूर्व अध्यक्षहरुले निर्वाचित अध्यक्ष मुरारकालाई बधाई दिनुभएको थियो । यसैवर्ष महासङ्घले आफ्नो स्थापनाको ५० औँ वर्षगाठ मनाउँदै छ ।

अध्यक्ष प्रदीपजङ्ग पाण्डे भ्रष्टाचार मुद्दामा मुछिएपछि महासङ्घ नेतृत्व बिहीन भएको थियो । महासङ्घमा ९३ वटा जिल्ला, नगर उद्योग वाणिज्य सङ्घ छन् । ९६ बस्तुगत सङ्घ छन् । त्यस्तै ६ सय ३५ एसोसिएट र २० अन्तर्राष्ट्रिय सङ्घ छन् । रासस