काठमाडौं, १८ असार । उपप्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ संविधानको मस्यौदा राजनीतिक दलहरुबीचका सहमति, समझदारी र सम्झौताको दस्तावेज भएकाले यसलाई जित र हारको रुपमा नहेर्न आग्रह गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘यो अन्तिम मस्यौदा होइन, अझै जनताले दिने राय, सुझाव यसमा लेखिन्छन्, मेरा कुरा उल्लेख भएन भनेर विरोध गर्नुको कुनै औचित्य छैन ।’
मस्यौदामा संविधानसभामा प्रतिनिधित्व गरेका सबै दलले पहिलो र दोस्रो संविधानसभामा चुनावमार्फत जनतासामु गरेका प्रतिबद्धता अटाएको चर्चा गर्दै उपप्रधानमन्त्री सिंहले अब संविधानका विषयमा विवाद गर्नुभन्दा भूकम्पले क्षति भएका संरचनाको पुनःनिर्माणमा जुट्ने बेला आएको बताउनुभयो ।












प्रतिक्रिया