७ कार्तिक २०८३, शनिबार

च्याउ खाँदा काठमाडौंमा १८ जना विरामी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chyauकाठमाडौँ, १८ असार । विषाक्त जंगली च्याउ पकाएर खादाँ म्याग्दी, काठमाडौँ र बाँकेमा गरी १८ जना बिरामी भएको छन् ।

म्याग्दी रत्नेचौर नगरपालिकाको २३ ताले कुलो निर्माण कार्यमा गएका मजदुरहरुले विहीबार विहानको खानामा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा चितवन शक्तिखोर-२ का ३० बर्षीय कमल चेपाङ, २० बर्षीय दल बहादुर चेपाङ, ६५ बर्षीय राम्जी चेपाङ सहित १२ जना मजदुरहरु बिरामी भएका छन् । बिरामी मध्ये ६ जनाको गण्डकी अस्पताल पोखरा र ६ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भईरहेको छ ।

यसैगरी काठमाडौ बुढालिनकण्ठ नगरपालिका–७ धरमपुर बस्ने रोल्पा लिवाङ–७ घर भएका ४७ बर्षीया बिमला गुरुङ र ३० बर्षीया निर्मला गुरुङले विहिबार खेतमा उम्रेको च्याउ पकाएर खाँदा बिरामी भएकोले उपचारको लागि शिक्षण अस्पतालमा लगिएको छ ।

यस्तै तारकेश्वर नगरपालिका–१७ मनमैजु बस्ने ४० बर्षीय कुमार थापा र उनको ३८ बर्षीया श्रीमती सानु थापा महर्जनले बुधबार राति जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएकोले टेकु अस्पतालबाट विहीबार थप उपचारको लागि पाटन अस्पताल लगिएको छ ।

यस्तै बाँके बागेश्वरी–८ बस्ने स्वयम प्रसाद शर्मा र उनको १७ बर्षीया छोरी निरुता शर्मा विहीबार राती बारीमा उम्रेको च्याउ पकाएर खाँदा बिरामी भएकोले उपचारको लागि शुक्रबार नर्सिङ होम नेपालगंजमा लगिएको छ ।