झापा, १८ असार । झापाको सुरुङ्गामा सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका–३ निवासी १९ वर्षीया दीपा काफ्ले भण्डारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । दीपालाई घरमा सुतिरहेका बेला गएराति सर्पले डसेको र उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।
मेची टेक्निकल इन्स्टिच्युटमा अध्ययनरत रहेकी दीपा राति अबेरसम्म कोठामा नै अध्ययन गरेर सुत्न गएको र उनलाई सुतेकै ठाउँमा विषालु सर्पले डसेको बताइएको छ ।















प्रतिक्रिया