३० आश्विन २०८३, शुक्रबार

‘लभ’ गर्दागर्दै विहे गर्न बिर्सेछु : सलमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-khan

मुम्बई । बलिउडका स्टार अभिनेता सलमान खानले आफ्नो ५० वर्षको जीवनकालमा प्रेमिका थुप्रै बनाएका थिए । हिरोइनलेदेखि टेलिभिजन स्टारसम्मका युवती उनका प्रेमिका बने ।

तर, उनलाई कसैले पनि साथ दिएनन् । भारतीय सञ्चारमाध्यमका अनुसार ५० वर्षे जीवनकालमा उनले करिब एक दर्जन प्रेमिका बनाए । ती मध्ये धेरैको विवाह भयो भने, केही डेटिङमा गइरहेका छन् ।

सलमानकी प्रेमिका बलिउडकी चर्चित नायिका कैटरिना कैफ अहिले पनि अविवाहित छिन्, तर उनी बलिउडकै हिरो रणवीर कपुरसँग डेटिङमा छिन् । दुबैले आउँदो वर्षको अन्त्यतिर विवाह गर्ने सोच पनि बनाएका छन् ।

यो त उदाहरण मात्रै उनका धेरै प्रेमिकाले घरजम गरी छोराछोरी समेत जन्माएर अहिले ती छोराछोरी उनीसँगै फिल्म समेत खेलिरहेका छन् । यी सबै प्रेमिकाको संगत गरी उनले पाठ सिकेको बताएका छन् ।

भर्खरै डीएनएसँगको अन्तरवार्तामा सलमानले विहेको बारेमा आफू चिन्तित रहेको बताए । ‘५० वर्षसम्मको मेरो जवानी प्रेमिकासँग मस्ती गर्नमै वित्यो, त्यो बेला विहे गर्न पनि विर्सेछु,’ उनले भने, ‘अब म अरेञ्ज(मागी) विवाह गर्न चाहन्छु र यसको लागि सिरियस भएको छु ।’

यद्यपी मागी विवाहका लागि कहीबाट प्रस्ताव नआएको उनले बताए । अब कहीबाट मागी विवाहको प्रस्ताव आए गम्भीर भएर सोचेर विवाह गर्ने तयारीमा सलमान पुगेका छन् । उनले बलिउडका अर्का नायक शाहिद कपुरले मागी विवाह गर्न लागेकोमा धन्यवाद दिए ।

उनले भने-‘शाहिद कपूरले जे गरेका छन् त्यो एकदमै राम्रो फैसला हो । अरेञ्ज म्यारिज नै मजबुद सम्बन्ध हो ।’ सलमान पनि शाहिद जस्तै अरेञ्ज म्यारिजलाई मान्यता दिन्छन् र आफूपनि मागी विवाह नै गर्न चाहन्छन् ।

‘लभ म्यारिज अधिकाशं समयसम्म टिक्न सक्दैन् र वैवाहिक सम्बन्धमा खटपट सुरु हुन्छ । तर अरेञ्ज म्यारिजमा यस्तो हुँदैन् । अरेञ्ज विवाह लामो समयसम्म रहिरहन्छ । त्यसकारण जून विवाह घरपरिवारले मागेर विवाह गरिदिन्छन् त्यो नै उत्तम हो ।’ सलमानको मान्यता छ । एजेन्सी