चितवन, १८ असार । घुन मिसिएको पाएपछि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले फिर्ता गरेको दाल व्यवसायीले भण्डारण गरेको भेटिएको छ ।
प्रशासनले रत्ननगर नगरपालिका ४ स्थित २ नम्बर सडकमा रहेको कन्हैयालाल राठीको दन्तकाली स्टोरमा उक्त दाल फेला पारेपछि बिहीबार सिल गरेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
प्राकृतिक प्रकोप पीडितलाई दिन भन्द्र डब्लुएफपीले उक्त दाल बाराको परवानीपुरस्थित धनलक्ष्मी दाल मिलबाट खरिद गरेको थियो ।
स्टोर सञ्चालक राठी र कामदार रामअवतार शर्मालाई नियन्त्रणमा लिएर अनुसन्धानपछि बिहीबारै २५–२५ हजार धरौटीमा छाडिएको छ ।
बुधबार भरतपुरस्थित केन्द्रीय बसपार्कमा निर्माण गरिएको आपतकालीन खाद्य भण्डारका लागि दाल ल्याइएको थियो ।
घुन फेला परेको भन्दै डब्लुएफपीले बुधबारै रिजेक्ट पेपर दिएर अयोग्य भन्दै फिर्ता पठाएको थियो ।















प्रतिक्रिया