शिवलाल सुवेदी
गुल्मी । गुल्मीको दुविचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ ।
दुवीचौर गाविस ४ मा सोमवार साँझ लु ११ प ७१८२ नम्बरको मोटरसाइृकल दुर्घटना हुँदा तम्घास २ निवासी बर्ष २८ का दानबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
म्यालपोखरी माध्यमिक बिद्यालय गौडाकोटका शिक्षक समेत रहेका खत्री बिद्यालयबाट घर फर्कने क्रममा दुर्घटनामा दुर्घटनामा परेका हुन । दुर्घटनामा परि गुल्मी जुभुङ्ग १ का दिनेश थापा घाइते भएका छन् । मोटरसाईकल तीब्र गतिमा रहेकाले नियन्त्रण गर्न नसकेर दुर्घटना भएको घाइते थापाले बताएका छन । घाइते दिनेश थापाले नजिकैबाट लिप्ट मागेर चढेको बुझिएको छ ।
मोटरसाइकल सड्कदेखि २ सय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक निशान्त्त श्रीवास्तवले जानकारी दिनुभएको छ । सामान्य घाइते भएका थापाको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।











प्रतिक्रिया