७ कार्तिक २०८३, शनिबार

झुटा विवरण पेस गरी नागरिकता बनाउने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nagarikta-citizenshipकाठमाडौँ, १७ असार । झुटा विवरण पेस गरी नागरिकता बनाउने भारत कालिपोङका सन्तोष राईलाई ललितपुर प्रहरीले आज पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भारत कालिपोङ घर भई हाल ललितपुर उपमहानगरपालिका बस्दै आएका राईले जिल्ला प्रशासन कार्यालय झापामा झुटा विवरण पेस गरी २०६९ चैत २४ मा ०४–०१–६९–१३९४४ नम्बरको किर्ते नागकिता बनाएका थिए ।

विशेष सूचनाका आधारमा अपराध शाखा ललितपुरको टोलीले राईलाई नागरिकतासहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा पठाएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले जानकारी दिनुभयो । रासस