काठमाडौँ, १७ असार । बिनाइजाजत वैदेशिक रोजगारीका नाममा मानिसलाई रुस पठाउने धनकुटा राजारानी–३ घर भई काठमाडौँ बस्दै आएका कृष्णप्रसाद लिम्बूलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
आकर्षक पारिश्रमिक दिने प्रलोभन देखाई आफूसँग रु छ लाख ३० हजार लिएको भनी राजारानी–३ का धनबहादुर लिम्बूले महानगरीय अपराध महाशाखामा निवेदन दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानमा लिम्बूलाई वैदेशिक रोजगारीमा पठाउने कुनै इजाजत प्राप्त नगरेको र अन्य व्यक्तिलाई समेत विदेश पठाउने प्रयोजनका लागि १४ थान राहदानी साथमा बोकी हिँडेको अवस्थामा बानेश्वरबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।















प्रतिक्रिया