काठमाडौँ, १७ असार । त्रिभुवन विश्वविद्यालयले स्नातक तह तीनबर्से बिए प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल कात्तिक/मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह तीनबर्से बिए प्रथम वर्ष (आंशिक)को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको हो ।
उक्त परीक्षाको परीक्षाफल (www.educationsansar.com, www.edusanjal.com / www.tu.ntc.net.np) मा पनि हेर्न सकिने तथा नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त गर्न सकिनेछ । यसैगरी त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादाविपरीत कार्य गरेकाले १० परीक्षार्थीलाई दुई वर्षसम्म परीक्षामा सहभागी हुन नपाउने गरी निष्काशन गरिएको छ ।
निष्काशित हुनेमा क्रमाङ्क ६०१४००८१, ६०१४००९२, ६०४०१४१४, ६०४८०२३३, ६०५५००२२, ६२७८००७६, ६२७८०४५३, ६२८०००३८, ६२८०००४८ र ६२८०००६३ का परीक्षार्थी छन् ।















प्रतिक्रिया