३० आश्विन २०८३, शुक्रबार

कक्षा ११ र १२ का १४ लाख विद्यार्थीलाई मौका परीक्षा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का विगत २१ वर्षका अनुत्तीर्ण विद्यार्थीहरूलाई मौका परीक्षाको व्यवस्था गरेको छ ।

बोर्डका अनुसार २०५६ देखि २०७७ सालसम्म परीक्षामा अनुत्तीर्ण वा अनुपस्थित रहेका करिब १४ लाख विद्यार्थीले यो अवसर पाउने छन् ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आवेदनको संख्या हेरेर चरणबद्ध रूपमा परीक्षा सञ्चालन गरिनेछ ।

इच्छुक विद्यार्थीले मंसिर २७ गतेसम्म आफ्नो विद्यालयमा गई एक हजार रुपैयाँ शुल्कसहित आवेदन दिन सक्नेछन् । यो परीक्षा आगामी वैशाखमा हुने जनाइएको छ ।