३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री राहत कोषमा एपेक्स बैंकको ७ लाख सहयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Apex-development-bank-logoकाठमाडौं, १७ असार । एपेक्स डेभलपमेण्ट बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्दार तथा राहत कोषमा ७ लाख रुपैयाँ सहयोग गरेको छ ।

विनाशकारी भूकम्पबाट देशका गहना विश्व सम्पदा लगायत ठूलो मात्रामा जनधनको क्षति भएको तथा विभिन्न सार्वजनिक सम्पत्तिहरु समेत नष्ट भएकोले संरक्षण तथा पुनः निर्माणका लागि बैंकले विहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता नं (००१०११०२२०००१२) मा सात लाख रुपैयाँ जम्मा गरेको बैंकका नायव महाप्रवन्धक ऋषीराज भट्टले जानकारी दिनुभयो ।

नायव महाप्रवन्धक भट्टका अनुसार प्रधानमन्त्री राहत कोषमा एपेक्स बैंकका तर्फबाट ५ लाख बैंकका कर्मचारीको दुई दिनको तलबबाट २ लाख १ हजार २४० रुपैयाँ गरी जम्मा ७ लाख १ हजार २४० रुपैयाँ सहयोग गरिएको हो ।

‘भूकम्प पीडित तथा पुनः निर्माणको लागि हामीले सहयोग गरेका हौं, हाम्रो सहयोगले देश पुनर्निर्माणमा टेवा पुग्ने विश्वास लिएका छौं,’ उहाँले भन्नुभयो ।