७ कार्तिक २०८३, शनिबार

विवाहित महिलालाई बलात्कार गर्न खोज्दा…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rape– नरेन्द्र कार्की

दार्चुला, १७ असार । दार्चुलामा एक पुरुषले विवाहित महिलालाई बलात्कारको प्रयास गर्दा जेल जानुपरेको छ ।

३० वर्षीया महिलालाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा ग्वानी ३ का ३६ वर्षीय रामसिंह धामीलाई दोषी ठहर गर्दै जिल्ला अदालतले बिहीबार २ वर्ष ६ महिना जेल सजाय सुनाएको हो । न्यायाधीश जयानन्द पनेरुको इजलासले धामीलाई जबरजस्तीकरणी उद्योग अन्तर्गत मुद्दा फैसला गरेको हो ।

गत जेठ ४ गते महिलाको घरमा गई जबरजस्ती करणी गर्न खोजेको भन्दै पीडितका पतिको निवेदनको आधारमा जेठ १९ गते जिल्ला अदालतमा मुद्धा दर्ता भएको अदालतले जनायो । पीडित महिलाको जेठ ५ गते जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्य परीक्षण भएको थियो ।

यस्तै १४ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गर्ने शंकरपुर गाविस– २ का २० वर्षीय रोशन भनिने सुरेन्द्रसिंह धामीलाई बुधबार जिल्ला अदालतले छ वर्ष कैद फैसला सुनाएको छ । ०७१ फागुन १५ ती बालिका माथि सदरमुका खलंगाका एक होटलमा बलात्कार भएको थियो ।

धामी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७१ फागुन १७ गते किटानी जाहेरी दर्ता भयो । जिल्ला अदालतमा ०७१ चैत्र १० गते मुद्धा दर्ता भएको अदालतले जनायो । पीडित बालिकाको फागुन १७ गते जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्य परीक्षण भएको थियो ।