काठमाडौं, १७ असार । राजधानीको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले विविध कार्यक्रम गरी विहीबार अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता दिवस मनाएको छ ।
नेपालमा स्पोर्टस् मेडिसिनको सबैभन्दा सुबिधासम्पन्न उपचार केन्द्रको रुपमा रहेको यस अस्पतालले खेल पत्रकारहरु र खेल क्षेत्रका व्यक्तित्वहरुको सम्मानमा यो दिबस मनाएको हो । दिवसको अवसरमा अस्पतालले खेल पत्रकारीता र खेल क्षेत्रका चर्चित ब्यक्तित्वहरुको सम्मान र उहाँहरुको निःशूल्क स्वास्थ्य परिक्षणको व्यवस्था गरेको हो ।
कार्यक्रममा खेल पत्रकारहरु निरन्जन राजवंशी नेपाली राष्ट्रिय फुटवल टोलीका पूर्वकप्तान हरि खड्का, कराँतेकी राष्ट्रिय खेलाडी बिमला तामाङ, साम्बोका राष्ट्रिय खेलाडी भगवती माझी लगायतका खेलाडीलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा खेल पत्रकार र खेलाडीहरुलाई स्वागत गर्दै ग्रान्डी अस्पतालका स्पाइनल सर्जरी बिभागका निर्देशक तथा बरिष्ठ स्पाइन सर्जन बिनोद बिजुक्छेले ग्रान्डीमा खेलका क्रममा हुने चोटहरुको बिश्व स्तरको उपचार सम्भव रहेको र धेरै नेपाली खेलाडीहरुलाई उपचारपछि पुनः मैदानमा फर्काउन सफल भएको अनुभव सुनाउनुभयो ।

ग्रान्डी अस्पताल सदैब खेल र खेलाडीका लागि विशेष गरी खेलका क्रममा हुने चोट पटकको विश्वस्तरिय उपचारकालागि प्रतिवद्ध रहेको अर्थोपेडिक सर्जन डाक्टर भाष्करराज पन्तले बताउनुभयो ।
ग्रान्डीका अर्थोपेडिक सर्जन डाक्टर भाष्कर राज पन्त, सन्दिप भण्डारी प्रशान्त अधिकारीले आबिश अधिकारी ६५ जनाभन्दा बढी खेलाडीहरु र खेल पत्रकारहरुको निःशूल्क स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।
सन् १९२० यूरोपको बेल्जियममा आयोजित ओलम्पिक खेलको रिर्पोटिङकालागि भेला भएका विभिन्न देशका पत्रकारहरुले आजकै दिनबाट यो परम्पराको सुरु गरेको बताइन्छ ।















प्रतिक्रिया