३० आश्विन २०८३, शुक्रबार

फिलिपिन्समा डुंगा पल्टिँदा ३६ जनाको मृत्यु, १९ वेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

boat-accidentमनिला, १७ असार । मध्य फिलिपिन्समा बिहीबार भएको एक यात्रुबाहक डुङ्गा दुर्घटनामा कम्तीमा ३६ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

सो डुङ्गामा करिब २०० व्यक्ति सवार रहेका जनाइएको छ । ओर्मोक सहरबाट किम निर्भानातर्फ गईरहेको सो डुङ्गा कमोटेस् द्वीपमा डुबेको बताइएको छ । सो दुर्घटनाबाट कम्तीमा ५३ व्यक्तिलाई जीवितै उद्धार गरिएको सहरको प्रकोप न्यूनीकरण तथा व्यवस्थानका अधिकारी सिरिआको तोलिबाओले बताउनुभएको छ ।

तोलिबाओकाअनुसार तत्काल कति व्यक्ति बेपत्ता भएका छन, सो भने पुष्टि भएको छैन । तर मनिला रेडियोले दिएको एक समाचारअनुसार सो दुर्घटनामा २१ व्यक्ति बेपत्ता भएका छन् ।

सो डुङ्गामा १६ जना चालकदलका सदस्य र १७३ यात्रु सवार रहेका बताइएको छ । बन्दरगाह छोडेको ३० मिनेट पछाडि भीषण रुपमा चलेको हावाका कारण सो दुर्घटना भएको तोलिबाओले बताउनुभएको छ । रासस/एएफपी