
काठमाडौं, २१ कात्तिक । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएका छन् ।
रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका हुन् ।
दोस्रो विश्वयुद्धपछि ४ वर्षको अन्तरालपछि पुनः चुनाव जित्ने ट्रम्प पहिलो राष्ट्रपति बनेका छन् ।
ट्रम्प सन् २०१६ मा पहिलो पटक राष्ट्रपति बनेका थिए । उनले २०२० को चुनाव जो बाइडेनसँग हारेका थिए ।








प्रतिक्रिया