७ कार्तिक २०८३, शनिबार

एसोडेकले सिन्धुलीमा बनायो स्कुल, फुकाईले गरिन् उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

OLYMPUS DIGITAL CAMERA सिन्धुली, १७ असार । सिन्धुलीमा नेपालथोक प्राथमिक विद्यालयको दुई कोठे भवनको विहीबार उद्घाटन गरिएको छ ।

जापानबाट आउनुभएकी एसोडेक नेपालको सल्लाहाकार समाजसेवी आयुमी फूकाई हिराचनले उक्त स्कूलको उद्घाटन गर्नु भएको हो । शैक्षिक तथा सामाजिक विकास केन्द्र एसोडेकको संयोजकत्वमा र ओसाका इन्सुरेन्स एसोसिएसन जापान ओसाकाका अध्यक्ष कुरोशी मित्सुहिसाको सहयोगमा सिन्धुली जिल्लाको कुशेश्वर दुम्जा ४ दारिमबोटमा रहेको नेपालथोक प्राथमिक विद्यालयको दुई कोठे भवनको उद्घाटन गरिएको हो ।

OLYMPUS DIGITAL CAMERA

नेपालमा भूकम्पले प्रभावित नेपालीहरुलाई सहयोग गर्न नेपाल आउनुभएका आयुमीले काठमाडौंको रामकोट र नन्दीरात्री स्कुलको भ्रमण गरी स्कुलका बच्चाहरुलाई चाहिने आवश्यक बस्तु सहयोग गर्ने बताउनुभयो ।

‘नेपालका बालबालिकाहरु गरिबीका कारण शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने मेरो सोचाइ हो ।’ आयुमीले भन्नुभयो –‘जापानमा गरिबी भएकै कारण पढ्न नपाएको कोहि छैन् । सबै पढेलेखेका छन् । त्यसैले त जापान राम्रो भएको छ । अब म विस्तारै नेपाललाई शिक्षा क्षेत्रको लागि सहयोग गर्दै जानेछु र जापानको केहि प्रतिष्ठित व्यक्तिहरुलाई नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न आग्रह गर्नेछु ।’

OLYMPUS DIGITAL CAMERA

सिन्धुली दुम्जाको नेपालथोक प्राविको दयनीय अवस्था देखेर चिन्ता लागेको पनि बताउनुभयो र उक्त कार्यक्रममा स्कूलका संचालक समितिका अध्यक्ष जीतबहादुर नेपाली र प्राध्यापक मन्जु ठकुरीले आयुमी र एसोडेकलाई सहयोग गर्नुभएकोमा धन्यवाद प्रदान गर्नुभयो साथै उक्त स्कुलमा ७५ जना बिद्यार्थी अध्यनरत छन् त्यस मध्ये ६० प्रतिशत बिद्यार्थी जनजाती दलित रहेका छन् ।