७ कार्तिक २०८३, शनिबार

चेपाङ्ग संरक्षण केन्द्रलाई पत्रकार अनिता अर्यालको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anita-aryal

चितवन, १७ असार । पत्रकार अनिता अर्यालले चेपाङ्ग संरक्षण केन्द्रलाई सहयोग गरेकी छिन् ।

आफ्नो छोरा अंशुम लामिछानेको जन्मदिनको अवसरमा आज पूर्वी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामबेसीको चेपाङ्ग संरक्षण केन्द्रलाई पत्रकार अनिता अर्यालले १ थान कम्प्युटर र २ बोरा चामल सहयोग गरेकी हुन् ।

पत्रकार अर्यालले यसअघि पनि केन्द्रलाई विभिन्न किसिमको सहयोग गर्दै आएकी थिईन् । चेपाङ्ग बालबालिकाहरुले पनि कम्प्युटर शिक्षा प्राप्त गरुन भन्ने उद्देश्यले छोराको जन्मदिनको अवसरमा चेपाङ्ग बालबालिकाहरुलाई कम्प्युटर प्रदान गरेको पत्रकार अर्यालले बताए ।

उनले आफ्नो छोरासहित केन्द्रमै पुगेर सो सामग्री हस्तान्तरण गरेकी हुन् । केन्द्रमा हाल चितवन, धादिङ्ग, गोर्खा र मकवानपुरका गरी १ सय २ जना चेपाङ्ग बालबालिकाहरु आश्रय लिई नजिकैका सरकारी विद्यालयहरुमा अध्ययन गरिरहेका छन् ।