७ कार्तिक २०८३, शनिबार

उपचार गर्न निरु भारत प्रस्थान, गोविन्द थापालाई युवा संघको कार्यबहाकको जिम्मेवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youth-force-logoकाठमाडौं, १७ असार । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष निरु पाल स्वास्थ्य उपचारका लागि भारत प्रस्थान गर्नुभएको छ ।

स्वास्थ्य उपचारका अध्यक्ष पाल विहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएको युवा संघ नेपालका प्रवक्ता प्रभात कटवालले जानकारी दिनुभयो ।

अध्यक्ष पाल उपचारका लागि भारततर्फ प्रस्थान गरेपछि कार्यबहाकको जिम्मेवारी युवा संघका उपाध्यक्ष गोविन्द थापालाई दिइएको छ । ‘मेरो अनुपस्थितीमा संगठनको सम्पूर्ण जिम्मेवारी कार्यबहाक अध्यक्षको रुपमा उपाध्यक्ष गोविन्द थापालाई तोकेको जानकारी गराउँदछु ।’ अध्यक्ष पालले भन्नुभएको छ ।