१ कार्तिक २०८३, शनिबार

कृषि मन्त्रीले अंगालो हालेकी महिलाले रुँदै भनिन्- ‘मलाई लाज मर्नु भयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari-parajuli
कृषिमन्त्री हरि पराजुलीको अंगालोमा परेकी कृषक सानु केसी ।

काठमाडौं, १७ असार । धान दिवसमा रोपाई मनाउने क्रममा कृषि मन्त्री हरिप्रसाद पराजुलीले अंगालो हालेकी महिला कृषकले मिडियासमक्ष गुनासो पोखेकी छिन् ।

मूलपानीको महांकाल सफल कृषक समूह र मनोहरा मिश्रित कृषक समूहले बिहिबार ललितपुरको कृषि विभागमा पत्रकार सम्मेलन गरेर कृषकहरुले मन्त्रीका बारेमा आएका समाचारबारे दुःख पोखेका हुन् ।

कृषिमन्त्री हरि पराजुलीले अश्लील हर्कत गरेको तस्वीरहरु भाइरल भइरहेका बेला ती तस्बिरमा देखा परेका महिलाहरुलाई भने ठूलो चोट पुगेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

कृषि मन्त्रीको अंगालोमा परेकी महिला हुन् ७० वर्षीया सानु केसी । मूलपानीकी ७० वर्षीय सानु केसीले विहीबारको पत्रकार सम्मेलनमा मन्त्री पराजुलीले आफूलाई नराम्रो व्यवहार केही पनि नगरेको र आफूसँग आशिर्वाद लिएको बताउँदै मिडियाका मान्छेले फोटो खिचेर आफूलाई लाजमर्दाे बनाएको गुनासो गरिन् ।

यस्तो छ सानु केसीले पत्रकार सम्मेलनमा पोखेको गुनासो :

‘पोहोर परार साल जस्तै यो सालपनि असार १५ मा धान दिवस तथा रोपाई गर्ने कार्यक्रम थियो । त्यो कार्यक्रम हाम्रा गाउँका दुईवटा कृषक समूह मिलेर गरेको थियो । धान रोपाईमा कृषिका सरकारी कर्मचारीहरु पनि आउने जानकारी थियो । त्यसपछि हामीले अर्काे जानकारी पायौं कृषि मन्त्री पनि आउने । कार्यक्रममा आधुनिक कृषि प्रविधिबारे जानकारी पनि दिइने र असार १५ मनाउने खबर पायौं ।

कार्यक्रममा रमाइलो भइरहेको थियो । औपचारिक कार्यक्रम सकिएपछि त्यहाँ आएका सबै कृषकले हिलो छ्यापाछ्याप गर्न थाले । त्यो रोपाइको चलन नै हो । कृषि मन्त्री हरि पराजुली प्रमुख अतिथिका रुपमा हाम्रो कार्यक्रममा आएका थिए । उनले त मसँग आशिर्वाद लिएका थिए । मलाई दिदी भनेका थिए । मलाई त्यस्तो नराम्रो व्यवहार केही पनि गरेका थिएनन् ।

तर मिडियाका मान्छेले फोटो खिचेर बदनाम गर्ने उद्देश्यले बाहिर पुर्याएछन् । यसबाट मलाई ठूलो चोट परेको छ । म ७० वर्षकी वृद्धा हुँ । मसँग मन्त्री पराजुलीले यसो गर्यो उसो गर्यो भन्दै अर्थको अनर्थ लगाएर प्रचार गरियो । महिला अधिकारकर्मी भनाउँदाहरुले पनि डलर पचाउँन कोकोहोला मच्चाए । विदेशमा बस्ने आफन्तहरुले पनि फोन गरेर के भएको हो भनेर सोधे । मलाई आज लाज मर्नु भयो । मेरो इज्जत प्रतिष्ठामा मन्त्रीले हैन मिडियाले आँच पुर्याए ।’