काठमाडौं, १७ असार । प्रधानमन्त्री सुशील कोइरालाले विवादास्पद कृषिमन्त्री हरिप्रसाद पराजुलीको राजीनामा स्वीकृत गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मार्फत कृषिमन्त्री पराजुलीले बिहीबार प्रधानमन्त्री कोइरालालाई राजीनामा पत्र बुझाएपछि स्वीकृत भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानका अनुसार कृषिमन्त्री पराजुलीले बुझाएको राजीनामा पत्र प्रधानमन्त्री कोइरालाले आज स्वीकृत गरेका हुन् ।
एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री बामदेव गौतमले राजीनामा दिन निर्देशन दिएपछि मन्त्री पराजुलीले आज बिहान बालकोटमा अध्यक्ष ओलीलाई राजीनामा बुझाएका थिए ।
उक्त राजीनामा पत्र अध्यक्ष ओलीबाट प्रधानमन्त्री समक्ष पुगेपछि राजीनामा स्वीकृत भएको हो । किसान दिवसको अवसरमा काठमाडौंको मुलपानीमा आयोजित कार्यक्रममा महिलामाथि जबरजस्ती गर्न खोजेका मन्त्री पराजुलीको देशैभरी चर्काे आलोचना भएको थियो ।















प्रतिक्रिया