
काठमाडौं, १२ कात्तिक । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा एकदिने पूँजी बजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरु सम्पन्न गरेको छ । कार्यक्रम आइतबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको देवचुली नगरपालिकाका दुई स्थानमा आयोजना गरिएको थियो ।
स्थानीय लगानीकर्ता तथा सर्वसाधारणहरुलाई पूँजी बजारको बारेमा व्यापक जानकारी प्रदान गर्ने उद्देश्यले वडा नम्बर ५ स्थित सकला देवी माध्यमिक विद्यालय र वडा नम्बर १५ स्थित जनज्योति आदर्श बहुमुखी क्याम्पसमा यो कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा गरिमा क्यापिटलका प्रमुख व्यापार अधिकृत तुल्सी प्रसाद आचार्य र व्यापार प्रवर्द्धन विभाग प्रमुख दिपक न्यौपानेले प्रमुख वक्ताको रूपमा सहभागीहरुलाई पूँजी बजारका विविध पक्षहरुबारे जानकारी प्रदान गरे । कार्यक्रमको सञ्चालन सर्वोदय (समावेशी अक्षर र अनुसन्धान)का सचिव ठाकुर प्रसाद शर्माले गरेका थिए ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने र सर्वोदय (समावेशी अक्षर र अनुसन्धान)का अध्यक्ष युवराज वाग्लेको उपस्थिति रहेको थियो ।
विश्व लगानीकर्ता सप्ताह २०२४ आईओएससीओद्वारा प्रर्वद्धन गरिएको विश्वव्यापी अभियान हो । यसले लगानीकर्ताहरुलाई पूँजी बजारसँग सम्बन्धी जानकारीहरु तथा महत्वको बारेमा चेतना जगाउने कार्य गर्दछ ।







प्रतिक्रिया