७ कार्तिक २०८३, शनिबार

BREAKING NEWS: अन्ततः कृषिमन्त्री हरि पराजुलीले राजीनामा दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari-prasad-Parajuli

काठमाडौँ, १७ असार । महिलामाथि अश्लील व्यवहार देखाएका कृषि मन्त्री हरिप्रसाद पराजुलीले अन्ततः राजीनामा दिएका छन् ।

बुधबार राति नौ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बालकोटमा पुगेर उनले राजीनामा बुझाएका हुन् ।

राजीनामा स्वीकृतिका लागि अध्यक्ष ओलीले फोन गर्दा प्रधानमन्त्री सुतिसकेकाले बुधबारै कार्यान्वयन हुन नपाएको स्रोतको भनाइ छ ।प्रधानमन्त्रीले बिहीबार राजीनामा स्वीकृत गर्ने बताइएको छ ।

एमाले उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले पनि कृषि मन्त्रीको राजीनामाको पुष्टि गरेको नेकपा एमालेको किसान महासंघका कार्यालय सचिव डीबी कार्कीले दैनिक नेपाललाई जानकारी दिए ।

पदीय मर्यादा राख्न नसकेको भन्दै नेकपा एमालेभित्रै उनको व्यापक आलोचना भएको थियो ।
यस्तो थियो उनको हर्कत: