४ कार्तिक २०८३, बुधबार

कांग्रेसका केन्द्रीय नेता प्रहरीको मोस्ट वान्टेड सूचीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohamad-Aftab-Alamकाठमाडौं, १७ असार । हत्या अभियोग लागेका पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताव आलमलाई प्रहरी प्रधान कार्यालयले मोस्ट वान्टेड सूचीमा राखेर खोजीकार्य अघि बढाएको छ ।

७ वर्षअघि बम विस्फोटमा परी घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय रौतहटले छानबिन थालेपछि पूर्वमन्त्री आलम फरार रहेको समाचार कारोबार दैनिकले छापेको छ ।

१ महिनाअघि सर्वोच्च अदालतले रौतहट प्रहरीलाई पक्राउ अभियुक्त पक्राउ नगर्नुृको कारण खोजेपछि उनी फरार बनेको स्रोतले जनायो ।

प्रहरी स्रोतका अनुसार आलम अहिले भारतमा छन् । आलम पहिलो संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर २ बाट विजयी बनेका थिए ।