४ कार्तिक २०८३, बुधबार

महानिर्देशक सुवेदीले उमेर सच्याएको प्रमाण फेला पार्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bharat-subedi-1काठमाडौं, १७ असार । सामान्य प्रशासन मन्त्रालयले विवादास्पद सहसचिव एवं वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले उमेर सच्याएको प्रमाण फेला पारेको छ ।

सामान्यले निजामती किताबखानाबाट एकाएक गायब पारिएको सुवेदीको व्यक्तिगत फाइल खोज्ने क्रममा त्यस्तो प्रमाण फेला पारेको जानकारी स्रोतले दिएको छ ।

सामान्यद्वारा गठित छानबिन समितिले जिल्ला प्रशासन कार्यालय मोरङ, परीक्षा नियन्त्रण कार्यालय र त्रिभुवन विश्वविद्यालयसित सुवेदीको नागरिकता र शैक्षिक प्रमाणपत्र (उमेर खुलेको) को विवरण माग गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

जवाफमा परीक्षा नियन्त्रण कार्यालयले सुवेदीको एसएलसीको लब्धांकपत्रमा उनको जन्ममिति २०१४ असोज १५ उल्लेख भएको जनाएको थियो ।

जबकि निजामती किताबखानाको सिटरोलमा उनको जन्ममिति २०१७ असोज १५ उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय र मोरङ जिल्ला प्रशासनबाट चाहिँ सामान्य प्रशासनले मागेको विवरण आउन बाँकी छ ।

सुवेदीले तीन वर्ष जागिर अवधि बढाउन उमेर घटाई दोस्रो नागरिकता लिएका हुन् ।

उमेर सच्याइएको नागरिकता र सोहीअनुसार मिति मिलाएर शैक्षिक प्रमाणपत्रका नयाँ प्रतिलिपि व्यक्तिगत फाइलमा राख्न लगाई सुवेदीले पुरानो व्यक्तिगत फाइल गायब पार्न लगाएको आशंका सामान्यका अधिकारीको छ ।