७ कार्तिक २०८३, शनिबार

श्रीमती मार्न खोज्ने सशस्त्र प्रहरीका हवल्दार पक्राउ, कसरी बाँचिन पीडित महिला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pabitra-Khatri

– यज्ञप्रसाद सापकोटा

बर्दिया, १७ असार । बर्दियामा श्रीमतीलाई ज्यान मार्ने प्रयास गरेको आरोपमा एक सशस्त्र प्रहरी हवल्दार पक्राउ परेका छन् ।

गुलरिया नगरपालिका ५ तुल्सीपुर घर भई उग्रतारा गण कैलालीमा कार्यरत ३२ बर्षीय सशस्त्र प्रहरी हवल्दार शान्त बहादुर खत्रीले सोमबार आफ्नै श्रीमती २७ बर्षिया पवित्रा खत्रीलाई ज्यान मार्ने प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले सशस्त्र प्रहरी हवल्दार खत्रीलाई श्रीमतीलाई ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ गरी मुद्दा दर्ता गरेको छ । खत्रीलाई मंगलबार पक्राउ गरेको थियो । पीडक खत्रीलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको छ भने पीडित पवित्रा खत्री जिल्ला अस्पताल बर्दियामा उपचाररत छिन् ।

पीडित खत्रीले आफूलाई मार्ने उद्देश्यले जंगलमा लगेर कुटपिट गरेको बताएकी छन् । हवल्दार खत्रीले घरदेखि करिब ३ किलोमिटर दक्षिण सदरमुकाम गुलरिया नगरपालिका नजिकै रहेको सन्तोषी सामुदायिक वन भित्र लगी कुटपिट गरेका थिए ।

Pabitra-Khatri-1

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक कुमार बस्नेतले पीडकलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताए । उनले भने मुद्दा दर्ता गरी अनुसन्धान अगाडी बढाएका छौ ।

महिला अधिकारकर्मी विमला विकले घरदेखि जंगलमा लगी ज्यान मार्ने उद्देश्य कुटपीट गरेको बताईन् । उनले भनिन्–‘स्थानीय व्यक्तीले नदेखेको भए उनको ज्यान पनी जान सक्थ्यो ।’ खत्रीलाई कुटपीट गर्दा बाटोमा बचाउ बचाउ भन्ने आवाज सुनेपछि स्थानीयबासीले छुटाएका थिए ।
पारिवारिक स्रोतका अनुसार खत्री दम्पतीको लामो समयदेखि घरायसी विवाद रहेको थियो । त्यही विवादका कारण हवल्दार खत्रीले श्रीमतीलाई कुटपिट गरेको हुन सक्ने दावी गरिएको छ ।