३० आश्विन २०८३, शुक्रबार

‘सुदूरको पर्यटन विकासमा क्षेत्रीय र राष्ट्रिय तहमा दीर्घकालीन योजना आवश्यक’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karnali-bridgeधनगढी, १६ असार । कैलाली र कञ्चनपुरमा पर्यटनको अवस्था, समस्या र चुनौती तथा अवसरहरूबारे छलफल गर्न बुधबार धनगढीमा अन्तक्रिया भएको छ ।

चिसापानी पर्यटन प्रवद्र्धन विकास समितिको आयोजना भएको कार्यक्रममा कैलाली र कञ्चनपुरका पर्यटन व्यवसायी, उद्योग बाणिज्य संघका प्रतिनिधि, सञ्चारकर्मी समेत ५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सुदूरपश्चिमको पर्यटन विकासका लागि क्षेत्रीय तथा राष्ट्रिय तहमा दीर्घकालीन योजना बनाउनुपर्नेमा सहभागीहरूले जोड दिए । सहभागीहरूले सुदूरपश्चिममा भारतीय तथा धार्मिक पर्यटक भित्राउनेतर्फ ठोस रणनीति तथा कार्यक्रम बनाउनु सुझाव दिए ।

त्यस्तै, पर्यटन विकासका लागि एकिकृत र समन्वयात्मक ढंगले काम गर्नुपर्ने, पर्यटकीय स्थलको प्रचारप्रसारका लागि ठोस ढंगले अभियान सञ्चालन गर्नेपर्ने लगायतका सुझाव दिएका थिए ।

कार्यक्रममा विकास समितिका अध्यक्ष भीमबहादुर केसीले स्थानीय आवश्यकता र समन्वयका आधारमा प्रत्येक जिल्लामा पर्यटन विकासका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा पर्यटन कार्यालय, कोहलपुरका प्रमुख दिपक बुढाथोकी तथा पत्रकार मनमोहन स्वारले कैलाली र कञ्चनपुरमा पर्यटनको अवस्था, समस्या र चुनौतिका साथै अवसर र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन समितिका सदस्य मात्रिका तिमिल्सिनाले गरेका थिए भने सदस्य शोभना मिश्रले स्वागत गरेकी थिइन । चिसापानी पर्यटन प्रवद्र्धन विकास समितिको कार्यक्षेत्र कैलाली, कञ्चनपुर, बाँके र बर्दिया रहेको छ ।