७ कार्तिक २०८३, शनिबार

‘कृषिमन्त्रीज्यू लज्जाबोध भो !’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shankar-pokhrel

काठमाडौं, १६ असार । नेकपा एमालेका नेता शंकर पोखरेलले कृषिमन्त्री हरि पराजुलीले महिलामाथि गरेको अश्लील व्यवहारप्रति आपत्ति जनाएका छन् ।

मन्त्री पराजुलीको चौतर्फी विरोध भइरहेका बेला नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पदीय मर्यादा ख्याल नगरी महिलामाथि जबरजस्ती अंगालो हालेको भन्दै आलोचना गरेका हुन् ।

नेता पोखरेलले भनेका छन्–‘सार्वजनिक पदमा हुनेले सामाजिक मर्यादामा बस्नु पर्छ । मर्यादा बस्न गाह्रो हुनेले सार्वजनिक पद धारण गर्नुहुँदैन । कृषिमन्त्रीज्यू लज्जावोध भो ।’

कृषिमन्त्रीले पदीय मर्यादा नाघेकाले तत्तकाल राजीनामा दिनुपर्ने नेता पोखरेलको धारणा छ । मंगलबार धान दिवसमा रोपाइ रमाइलो भन्दै कृषिमन्त्री पराजुलीले काठमाडौँको मुलपानीमा महिलालाई जबरजस्ती अंगालो हालेका थिए ।

Shankar-pokheral