१ कार्तिक २०८३, आइतबार

आज तरकारी तथा फलफूलको मूल्य कति ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ ।

आज गोलभेंडाको मूल्य बढेर १४० रुपैयाँ पुगेको छ । हिजो १३५ रुपैयाँ रहेको गोलभेंडा ५ रुपैयाँले बढेको हो ।

आज हरियो लसुन भने ५० रुपैयाँले सस्तिएको छ । आज २७६ रुपैयाँमा कारोबार भइरहेकामा हिजो यसको मूल्य ३२६ रुपैयाँ थियो ।

त्यस्तै, चमसुरको साग किलोमा १०० रुपैयाँले बढेको छ । हिजो १२६ मा बिक्री भएको चमसुरको साग आज २२६ रुपैयाँ पुगेको छ ।

यस्तै, आलु रातोको ८५, मुला रातोको ५० रुपैयाँ कायम भएको छ । यसैगरी, टाटे सिमीको ८०, चिचिण्डोको ५०, लौकाको ५०, अनारको ४००, जुनारको ३०० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।