७ कार्तिक २०८३, शनिबार

काठमाडौंमा ड्राइभर लाइसेन्सको परीक्षा खुल्यो, नतिजा एक दिनमै सार्वजनिक हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

trail-failकाठमाडौँ, १६ असार । यातायात व्यवस्था कार्यालयले सिहंदरबार अगाडि नेसनल ट्रेडिङ लिमिटेडको परिसरमा चालक परीक्षा (ट्रायल) आजदेखि पुनः सुरु गरेको छ ।

भूकम्पपछि परीक्षा स्थलमा राहत सामग्री राखिएकाले त्यहाँ हुने चार पाङ्ग्रेलगायत सवारी साधनको चालक परीक्षा रोकिएको थियो । कार्यालयका प्रमुख उमेश बस्नेतले ट्रायल उत्तीर्ण गर्नेले राजस्व बुझाएको एक घण्टाभित्र नयाँ अनुमतिपत्र निकाल्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

कार्यालयले लिखित परीक्षा सम्पन्न हुनासाथ तत्काल नतिजा प्रकाशनको व्यवस्था मिलाएको छ । सो कार्यालयमा सेवाग्राहीको समस्या छिटो छरितो रुपमा समाधान गर्न सहयोगी कक्ष तथा गुनासो सुन्ने बेग्लै अधिकारीको व्यवस्था गरेको छ ।

कार्यालय प्रमुख बस्नेतका अनुसार भूकम्प अगाडि मोटरसाइकल, चार पाङ्ग्रे गरी नयाँ ५०० तथा पुरानो ५०० को नवीकरण गरी दैनिक एक हजारलाई अनुमतिपत्र उपलब्ध गराइँदै आएकामा अहिले सो सङ्ख्या घटेर नयाँ तथा पुरानो दुबैको दैनिक ४०० अनुमतिपत्र मात्रै जारी हुने गरेको छ ।

त्यसैगरी ट्रक तथा बसको अनुमतिपत्रका लागि यही असार ३० गतेदेखि दर्ता फाराम खुला गरिने भएको छ । गएको असोजदेखि ट्रक तथा बसका अनुमतिपत्र जारी गर्न बन्द गरिएको थियो । रासस