७ कार्तिक २०८३, शनिबार

मामाघरबाट घर जान लागेका आमाछोरीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर, १६ असार । बाजुराको बडिमालिका नगरपालिका– १ भैरीभीरमा मङ्गलबार भीरबाट खसेको ढुङ्गा लागेर आमाछोरीको मृत्यु भएको छ ।

सदरमुकाम मार्तडीबाट घरतर्फ जाँदै गर्दा ढुङ्गा लागेर २० वर्षीया रोशनी रोकाया र तिनकी दुई महिनाकी छोरी प्रमिला रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रमिलाको घटनास्थल मै र रोशनीको उपचारका लागि मार्तडी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो ।
शव परिक्षणपछि मृतकका आफन्तलाई आजै बुझाइसकिएको छ । रासस