७ कार्तिक २०८३, शनिबार

महिलामाथि जबरजस्ती गर्ने कृषिमन्त्रीलाई ५० हजार जरिवानासहित ६ महिना जेल हुन सक्छ!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari-parajuli-2

काठमाडौं, १६ असार । रोपाईमा महिलामाथि जबरजस्ती गर्न खोज्ने कृषिमन्त्री हरि पराजुलीलाई ५० हजार जरिवानासहित ६ महिनाको जेल सजाय हुन सक्ने भएको छ ।

नेपालको प्रचलित कानुन अनुसार यौनजन्य दुर्व्यवहार सम्बन्धी ऐन २०७१ अनुसार मुद्दामा ६ महिना जेल सजायँ हुन सक्ने अधिवक्ताहरुले बताएका छन् ।

रोपाइँमा रमाइलो गर्ने नाममा मन्त्री पराजुलीले कार्यक्रममा सहभागी महिलाहरूलार्इ अंगालो हालेर जबरजस्ती गर्न खोजेको आरोपमा उनलाई यस्तो सजाय हुने अधिवक्ताले बताएका हुन् ।

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार सम्बन्धी ऐन २०७१ अनुसार मन्त्री पराजुलीलाई मुद्दा लाग्न सक्ने अधिवक्ता मिरा ढुंगानाले बताउनुभयो । ढुंगानाका अनुसार मन्त्री पराजुलीलाई ६ महिना कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

तर, यसको लागि पीडित महिलाले जिल्ला प्रशासन कार्यालयमा गएर उजुरी दिनुपर्ने हुन्छ । पीडित महिलाको उजुरीका आधारमा मात्रै कानुनी कारबाही गर्न सकिन्छ । सार्वजनिक पदमा बसेका व्यक्तिले यौनजन्य दुर्व्यवहार गरेमा १० प्रतिशतसम्म सजायँ थप हुने प्रावधान छ ।

मन्त्री पराजुलीले किसान दिवसका अवसरमा मंगलबार काठमाडौंको मुलपानीमा आयोजित कार्यक्रममा रमाइलोका नाममा महिलालाई जबरजस्ती अंगालो हालेका थिए । उनीमाथि एमालेले समेत कारवाही गर्ने तयारी गरिरहेको छ ।