७ कार्तिक २०८३, शनिबार

भैरहवामा संविधानको मस्यौदा जल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhirahawa– विवेक विश्वकर्मा

भैरहवा १६ असार । मधेशवादी असन्तुष्ट ४ दलले बुधवार दिउँसो भैरहवाको मिलनचोकमा संविधानको मस्यौदा जलाएका छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय बर्माको नेतृत्वमा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष महेन्द्र यादव, तराई मधेश सदभावना पार्टी जिल्ला अध्यक्ष श्रीनिवास यादव, सद्भावना पार्टीका ओमप्रकाश दुवे लगायत चारदलका कार्यकर्ताहरुले १५ मिनेट सडक अवरुद्ध गरी नाराबाजी गर्दै मस्यौदा जलाएका छन् ।

सडक अवरुद्ध गरी मस्यौदा जलाउने कार्यकर्ताहरुलाई रोक्ने क्रममा एकछिन सुरक्षाकर्मी र कार्यकर्ताहरुबीच तनाव एवं धक्काधक्की चलेको थियो । मस्यौदा समितिले मंगलवार सविधानसभामा संविधानको पहिलो मस्यौदा पेस गरेको छ ।