काठमाडौं, १६ असार । काठमाडौंमा दोहोरी साँझमा दुई जनामाथि खुकुरी प्रहार गर्ने अभियुक्तलाई प्रहरीले तीन महिनापछि पक्राउ गरेको छ ।
खुकुरी प्रहार गरी फरार भएका अभियुक्त ४७ वर्षीय रिम केसीलाई सोमबार काठमाडौंको टोखाबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा हनुमान ढोकाले जनाएको छ ।
केसीले गत चैत ७ गते राति ११ बजेको समयमा गोंगबु नयाँबर्सपार्कस्थित हिमसागर दोहोरी साँझ अगाडि २७ वर्षीय सुर्य बहादुर गुरुङ्ग र २९ वर्षीय जीवन चौलागाँईलाई धारिलो हतियार प्रहार गरेका थिए ।
गम्भीर घाईते दुबैको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ । खुकुरी हानेर फरार भएका अभियुक्त केसीलाई अपराध महाशाखाको टोलीले सोमबार टोखाबाट पक्राउ गरेको हो । ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान कारवाहीको लागि केसीलाई मंगलबार महानगरीय प्रहरी वृत्त महाराजगन्जमा पठाईएको जनाएको छ ।















प्रतिक्रिया