२३ कार्तिक २०८३, सोमबार

मारवाडीले कब्जा गरेको धर्मशाला खाली गराउन काठमाडौं महानगरले माग्यो सुरक्षा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । काठमाडौं महानगरपालिकाले पशुपतिनाथको धर्मशाला खाली गराउन काठमाडौं जिल्ला प्रशासनसँग सुरक्षा मागेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रशासनलाई पत्र लेखेर सुरक्षा माग गर्नुभएको हो ।

पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरबीच पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने लिखित सहमति भएको छ । सहमतिपत्रअनुसार सञ्चालन र व्यवस्थापन गर्न शान्ति सुरक्षासहित आवश्यक सहयोग गरिदिन पत्रमा प्रशासनलाई अनुरोध गरिएको छ ।

यसैबीच, मारवाडी समुदायले कब्जा गरेको गौशालास्थित पशुपतिनाथको धर्मशाला खाली गराउने तयारी अघि बढाइएको छ । काठमाडौं महानगरले आज धर्मशालाबाट मारवाडी सेवा समितिको सबै सामान हटाउन लागेको हो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सामान हटाउन लागेको जानकारी दिनुभयो ।

असोज २३ गते धर्मशाला खाली गराउन पुगेको महानगर प्रहरीलाई मारवाडी समुदायले अवरोध गरेका थिए । अवरोधका बीच धर्मशालाबाट मारवाडी सेवा समितिको बोर्ड हटाएर महानगरको बोर्ड टाँगिएको थियो ।

२१ वर्षदेखि वार्षिक ५१ हजार भाडामा समितिले धर्मशालाको ९ रोपनी ९ आना दुई पैसा जग्गा भोगचलन गर्दै आएको थियो । तर, २०८० साउन १७ गते पशुपति क्षेत्र विकास कोषले सम्झौता खारेज गरेसँगै विवाद चर्किएको हो । त्यसपछि मारवाडीहरूले काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए । तर, सम्झौता खारेजीको निर्णय अदालतले सदर गरेपछि पनि मारवाडीहरूले धर्मशाला नछोडेपछि महानगरले प्रहरी लगाएर हटाउन लागेको हो ।