
तुलसीपुर, २८ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकासमा राजनीतिक सहमति आवश्यक रहेको बताउनुभएको छ ।
गृहवडामा आयोजित अगुवा कार्यकर्ता भेलामा महासचिव पोखरेलले जनतालाई आशाको सन्देश प्रवाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वभाविक भएको भन्दै सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्याउन आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले केपी शर्मा ओली नेतृत्व सरकारले विकासका माध्यमबाट जनताको जीवनस्तर उकास्ने, बदल्ने, पशुपालन, खेतीपाति नयाँपन, पूर्वाधार निर्माण, रोजगार बढाउन सिर्जना गर्ने काम अघि बढाएको बताउनुभयो ।
उहाँले फरक प्रसङ्गमा घोराही तुलसीपुर सडकखण्डमा रहेका खोलामा फोरलेनकै पुल निर्माण सुरु भएको र फोरलेन सडकको पुन ठेक्का प्रक्रिया अघि बढेको बताउनुभयो ।














प्रतिक्रिया