
काठमाडौं, २५ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकी पत्नी गायत्री नेपाल लडेर घाइते हुनुभएको छ ।
आज बिहान कोटेश्वरस्थित निवासमा भान्सामा काम गरिरहेको बेला भुइँमा पोखिएको दूधमा चिप्लिएर उहाँ घाइते हुनुभएको हो । उहाँको देब्रे हात भुइँमा ठोक्किएर फ्याक्चर भएको बताइएको छ ।
गायत्रीलाई तत्काल बीएण्डबी अस्पताल ग्वार्को लगिएको थियो । अस्पतालमा आवश्यक उपचारसँगै ब्यान्डेज गरेर अहिले उहाँलाई घरमा ल्याइएको छ । उहाँको स्वास्थ्य अहिले सामान्य रहेको बताइएको छ ।








प्रतिक्रिया