७ कार्तिक २०८३, शनिबार

कृषिमन्त्रीको अश्लील गतिविधिले एमालेमा खैलाबैला, नेताहरु यसो भन्छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari-parajuli-4

– कमलराज भट्ट

काठमाडौँ, १६ असार । कृषि मन्त्री हरिप्रसाद पराजुलीको अश्लील गतिविधि सार्वजनिक भएपछि नेकपा एमालेभित्र खैलाबैला मच्चिएको छ ।

एमालेका नेताहरुले सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत असन्तुष्टि पोखेका छन् भने केन्द्रीय कार्यालयले समेत यसमा गम्भीर चासो देखाएको छ ।

फोटो र भिडियोसहितको अश्लील गतिविधि सार्वजनिक भएपछि पार्टी गम्भीर र दुःखित भएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दैनिक नेपाललाई बताउनुभयो । कृषि मन्त्रीको गतिविधिलाई गम्भीरतापूर्वक लिँदै नेताहरुले स्पष्टीकरण लिने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

‘उहाँ पार्टीको प्रतिनिधि हो, एउटाले बिराउँछ, शाखा पिराउँछ भनेझै पार्टीलाई यसले नोक्सानी हुने काम मात्रै गर्छ, मन्त्रीजस्तो महत्वपूर्ण ओहोदामा बसेका व्यक्तिबाट जुन क्रियाकलाप भएको छ, त्यसलाई ढाकछोप गर्ने ठाउँ नै छैन ।’, नेता श्रेष्ठले भन्नुभयो, ‘त्यो फोटो नक्कली होइन्, कम्युटरको खेल पनि होइन् । राम्रै आशय र उद्देश्यले गरे पनि कृषि मन्त्रीको यो व्यवहारले समाजमा एकखाले नकरात्मक प्रभाव पारेको छ । उहाँले सिमा र मर्यादा मिच्नुभएको छ, जसबाट पार्टी निकै दुःखित छ ।’

नेता श्रेष्ठले थप्नुभयो, ‘सार्वजनिक मानिसले आफ्नो गतिविधि गर्दा विवेक पुर्याएर गर्नुपर्ने पर्छ । भट्टी पसलमा पसेर चिया नै खाएर निस्के पनि मैले त्यहाँ चिया खाएर फर्केको भन्दा कसैले पत्याउन्न । कुन पसलमा छिर्ने या नछिर्ने भन्ने पहिल्यै विचार गर्नुपर्छ । मन्त्री जस्तो असाधारण र जिम्मेवार व्यक्तिले कुनै सामान्य नागरिक जस्तो हर्कत देखाउनु आपत्तिजनक छ । पदीय मर्यादा अनुसारको काम गर्न नसके आलोचना खेप्नैपर्छ ।’

कृषि मन्त्री पराजुलीले यसअघि धरानमा सार्वजनिक कार्यक्रममै सुर्ती मोलेर खाएको कुराले चर्चा पाएको भन्दै उहाँले नेताहरुको यस्ता हर्कत पार्टीलाई क्षम्य नहुने उहाँले बताउनुभयो ।

Hari-parajuli-surti

पार्टीका पुराना नेतामध्येका प्रदीप नेपालदेखि केन्द्रीय सदस्य रामकुमारी झाँक्री, माधव ढुंगेल लगायतले सामामाजिक सञ्जालमार्फत कृषिमन्त्रीको हर्कतको निन्दा गरिसकेका छन् ।

Pradip-Nepal

 

Ramkumari-Jhakri-status

Madhav-dhungel